-->
आइपिएल : कोलकाताले बैंग्लोरलाई ५ विकेटले हरायो

वैशाख २१ – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाँच विकेटले हराएको हो । बैंग्लोरले प्रस्तुत गरेको एक सय ८६ रनको लक्ष्य कोलकाताले १९ दशमलव १ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । कोलकाताका लागि युसुफ पठानले २९ बलमा नटआउट ६०, आन्द्रे रुसेलले २४ बलमा ३९ तथा कप्तान गौतम गाम्भीरले २९ बलमा ३७ रन बनाए । बैंग्लोरका युजवेन्द्र चहलले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा एक सय ८५ रन बनायो । उसका लागि कप्तान विराट कोहलीले ४४ बलमा ५२ तथा लोकेश साहुलले ३२ बलमा ५२ रन बनाए । यस्तै सेन वाट्सनले २१ बलमा ३४ रन बनाए । कोलकाताका पियुष चावला र मोर्न मोर्केलले दुई दुई विकेट लिए । ८ खेलमा पाँचमा विजयी र तीनमा पराजित भएको कोलकाता १० अंकसहित दोस्रो स्थानमा छ । सात खेलमा दुईमा विजयी र पाँचमा पराजित भएको बैंग्लोर चार अंकसहित सातौं स्थानमा छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.