-->
सकेट बम निस्क्रिय बनाइँदै

saket bomतुलसीपुर (दाङ), वैशाख २९ गते । दाङको पहाडी स्युजा गाविस भवनमा मङ्गलबार फेला परेका १४ वटा सकेट बम निस्क्रिय पार्न नेपाली सेनाको टोली आज बिहानै स्युजा प्रस्थान गरेको छ । दाङका प्रहरी प्रमुख कुवेर कडायतले दिनुभएको जानकारीअनुसार गाविस भवनको बन्द रहेको कोठा मङ्गलबार सफा गर्ने क्रममा बाकसभित्र माओवादीका ब्यानर, कागजपत्रसहित १४ वटा सकेट बम फेला परेपछि नेपाली सेनाको टोली आज बिहान त्यसतर्फ गएको हो ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.