काठमाडौं, जेठ ११ – सरकारले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुने वा नहुने भन्नेमा मधेसी मोर्चामा विवाद देखिएको छ । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी बैठकमा जानुपर्ने र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नजाने पक्षमा देखिएपछि मोर्चामा विवाद भएको हो ।
मोर्चाले यसअघि सरकारलाई पठाएको पत्रमा उल्लेख भएका विषय कार्यान्वयन नभएकाले वार्तामा बस्नुको कुनै औचित्य नभएको उपेन्द्र यादव निकट स्रोतले बताएको छ । तर वार्तामा बसेर समस्या समाधान गर्नुपर्ने सद्भावना पार्टीको भनाई छ ।
सदभावना पार्टीका महासचिव मनिस कुमार सुमनले वार्तामा नजानुपर्ने कुनै कारण नभएको बताउनुभयो । मोर्चाले संविधान पुर्नलेखनको माग गर्दै आन्दोलन गरिरहेको छ ।
मोर्चाका नेता बैठकमा सहभागी नभएपछि विपक्षी दलका नेता र सरकारबीको बैठकमा चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको माग गरी आन्दोलन गर्दै आएका विभिन्न पक्षको माग सम्बोधन गर्न के गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...