करोडमाथि घुस खुवाएर एमबिबिएसको कोटा लिने–दिने मेडिकल माफियालाई दशा
काठमाण्डु, ९ जेठ– नेपाल मेडिकल काउन्सिलका पदाधिकारीसँगको मिलोमतो र ठूलो रकमको चललेखमा गण्डकी मेडिकल कलेजलाइ एमबिबिएसका लागि ९० सिट दिलाइएको थाहा भएको छ । गण्डकी मेडिकल कलेजका अध्यक्ष डा. खुमाप्रसाद अर्यालकै मुख्य लगानी रहेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजलाई पनि काउन्सिलका पदाधिकारीले मोटो रकम असुली एमविबिएसका लागि १ सय २५ सिटको कोटा निर्धारण गरिदिएको स्रोतले बतायो ।
गण्डकी मेडिकल कलेजका अध्यक्ष अर्याल, मेडिकल काउन्सिल, शिक्षा समितिका संयोजक डा. कृष्ण अधिकारीलगायत १२ जनाबीच एमबिबिएस सिट निर्धारणमा मिलोमतो भएको पाइएको स्रोतले बतायो । उनीहरु १२ जनाविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्धा दायर गरेको थियो । गत वर्ष सिट निर्धारण गर्न काउन्सिलले नियमित निरक्षक्षणमा खटाएको अधिकारीको टोली तथा कलेजका सञ्चालक अर्याल, हुमानाथ कोइराला र निशानराज भण्डारीबीचको मिलोमतोमा ५० सिट पनि दिन नमिल्ने अवस्थामा रहेको उक्त कलेजलाई ९० सिट दिलाएको थियो । अन्नपूर्ण पोस्टबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...