आगो निभाउँदा ज्यान गुमाउनेका आफन्तलाई सहयोग
काठमाडौं – सामुदायीक बनमा लागेको डढेलो निभाउँदा मृत्यू हुने गुल्मीका एक व्यक्तिको परिवारलाई कोरीयामा काम गर्ने नेपालीले मजदुर दिवसको अवसरमा सहयोग गरेका छन् । डढेलो निभाउँदा जलेर घाईते भई उपचारको क्रममा मृत्यु भएका मलायागिरी-२ का २१ वर्षीय कमल खड्काको परिवारलाई कोरियामा काम गर्ने यूवाहरुले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
गाउँ नजिकैको धैरेनी सामुदायीक चैत्र २९ गते लागेको आगो निभाउने क्रममा जलेर गम्भिर घाईते भएका खड्काको बैशाख ११ गते किर्तिपुर अस्पत्तालमा उपचारका क्रममा मृत्यु भएको थियो । मलायागिरी घर भई कोरियामा रहेका गुल्मी काठमाण्डौ गणतान्त्रिक मञ्चका सदस्य अशोक खड्काले विभिन्न व्यक्तिहरुसंग संकलन गरेर उक्त रकम पठाएका थिए ।
गणतान्त्रिक मञ्चका अध्यक्ष शंकर भण्डारीको पहलमा संकलित उक्त रकम आईतबार मजुदर दिवसको अवसर पारी एमाओवादी अध्यक्ष प्रचण्डले पीडितको आफन्त दिपक खड्का र कमल कुँवरलाई हस्तान्तरण गरे ।
समुदाय जोगाउने क्रममा मृत्यू भएका व्यक्तिको परिवारलाई सहयोग गर्न सूर्य विक र कृष्ण सेन बाट रकम संकलन गरिएको मञ्चका अध्यक्ष भण्डारीले बताए । आगामी दिनमा पनि आफ्नो जिल्लामा काम समस्यामा पर्नेहरुलाई सहयोग गरिने उनीहरुले बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...