मार्ने धम्कीपछि मेसीका पाँच वर्षीय फ्यानले देश छाडे
काठमाडौं: जो कोहीलाई ख्याती कमाउन भाग्यले दिँदैन । आफ्नो कर्मले ख्याती कमाउन नसकिरहँदा अरुमार्फत मिलेको ख्याती पनि कहिलेकाहीँ महंगो सावित हुँदो रहेछ । एक वर्षयता विश्वचर्चित एक फुटबलरसँग जोडिएर चर्चाको शिखरमा पुगेका एक अफगानी बालकले यस्तै मूल्य चुकाउनु परेको छ।
विश्वचर्चित अर्जेन्टाइन फुटबलर लियोनेल मेसीलाई भेटेर फर्केका पाँच वर्षीय बालक मुर्तजा अहमदीले देश नै छाड्नुपरेको छ ।
यी बालक एक वर्षयता विश्वचर्चित भइरहेका छन् । पत्रिकाका पानादेखि टेलीभिजन च्यानल र दुनियाभरमा यी बालकको तस्बिर सामाजिक सञ्जालमार्फत फैलियो ।
प्लास्टिक ब्यागमा मेसीले लगाउने अर्जेन्टिनाको निलो रंगको जर्सी लगाएर फुटबल खेल्दै गरेको तस्बिर सामाजिक सञ्जालमा आएपछि उनी विश्वव्यापी चर्चामा आएका थिए ।
मेसीले लगाउने १० नम्बरको जर्सीयुक्त प्लास्टिकको ब्याग पहिरिएका मुर्तजा जसरी विश्वभर चर्चित भए अहिले उनी त्यसैगरी संकटमा परेका छन् ।
प्लास्टिक ब्यागलाई जर्सी बनाएको देखेपछि पनि मेसीले मुर्तजालाई आफ्नो अटोग्राफसहितको जर्सी मुर्तजालाई पठाएका थिए ।
जब मेसीले मुर्तजालालाई आफ्नो अटोग्राफसहितको जर्सीयुक्त टी-सर्ट पठाए तब अफगानिस्तानमा बबाल भयो ।
त्यही कारण मुर्तजाको पुरै परिवारले अहिले आफ्नो देश अफगानिस्तान छोड्नु परेको छ। मुर्तजाका पित पिता मोहम्मद आरिफ अहमदीका अनुसार आफूहरुलाई लगातार फोनबाट धम्की मिलेको छ ।
'हामीलाई धम्कीपूर्ण चिठ्ठी पनि प्राप्त भएका छन् । ज्यानै लिने भन्दै आएका धम्कीपछि हामी मुलुक छाड्न बाध्य भएका हौं', उनले भनेका छन् ।
उनका अनुसार चिठ्ठीका कुरा सबै बुझ्न नसकेपनि मोहम्मद आरिफ र खलिा आरिफलाई जहाँ देखेपनि उनका परिवारलाई सजाय दिन भनिएको थियो ।
समाचार अनुसार मुर्तजाका पितलाई आफ्नो छोरो अपहरणमा पर्ने डर थियो । छोरालाई अपहरण गर्ने भन्दै फोन र चिठ्ठी मिलेपछि देश छाड्नुपरेको उनले बताएका छन् ।
धम्की बढ्दै गएपछि मुर्तजाका पिताले आफ्नो मुलुक अफगानिस्तान छाडेर पाकिस्तानमा शरण लिनु पर्यो । पहिले उनी अफगानिस्तान छाडेर इस्लामाबाद गए, तर त्यहाँ महंगीले टिक्न नसकेपछि अर्को पाकिस्तानी सहर क्वेटा पुगेका छन् ।
अफगान फुटबल फेडरेशनले बताए अनुसार मेसी र बालक मुर्तजा अहमदीलाई चाँडै नै भेट गराउने तयारी गरिएको छ ।
मेसी युनिसेफका 'गुडविल एम्बेसडर' पनि हुन् । यसअघि मेसीले अफगानिस्तानमा आएर बालक मुर्तजालाई स्पेन लैजाने अनुमान गरिएको थियो । तर अब यसो गर्नु त्यति सजिलो नरहेको अफगानी सञ्चारमाध्यमले जनाएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...