-->
दोलालघाटमा पौडी खेल्दा २ बालकको ज्यान गयो, एक बेपत्ता

काभ्रे, जेठ ३ - सुनकोशी र इन्द्रावती नदीको संगमस्थल दोलालघाटको पशुपति बगरबाट नदीमा पौडी खेल्न पसेका २ बालकको डुबेर ज्यान गएको छ भने अर्का एक बालक बेपत्ता छन् ।  

दोलालघाट ३ स्थित इन्द्रावती र सुनकोशी नदीमा पौडी खेल्ने मध्ये दोलालघाट –४ का १० वर्षे सनोज पहरी र  ११ वर्षे सञ्जीव ठकुरीको ज्यान गएको हो । वर्ष १३ का नविन ठकुरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी नविनराज राईले जानकारी दिनुभयो । 

ज्यान जाने सनोजको घटनास्थलमानै र सञ्जिवको डेढ किलोमिटर तल शव भेटिएको तथा  नविनको खोजी कार्य जारी रहेको उद्धारमा खटिएको प्रहरीले जानकारी दिएको छ । पौडी खेलेर हराएको सुचना पाए लगत्तै प्रहरी र स्थानीयलेबासिन्दाले खोजी गरेका थिए । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.