-->
‘द ग्रेट बुद्ध स्तूपा’ सार्वजनिक

काठमाडौँ, जेठ ८ गते । बौद्धनाथ क्षेत्र विकास समितिले ‘द ग्रेट बुद्ध स्तूपा’ नामक पुस्तक आज बजारमा ल्याएको छ ।

समितिले २५६०औँ बुद्धजयन्तीको अवसरमा अनुसन्धानमूलक कृति प्रकाशन गरी बजारमा ल्याएको हो ।

अङ्ग्रेजी भाषामा लेखिएको उक्त पुस्तकमा बौद्धको इतिहास, चैत्यको उत्पत्ति तथा प्रत्येक भागको परिचय, धर्मचक्र, चैत्यको जीर्णोद्धारका बारेमा आवश्यक सूचना र त्यस क्षेत्र वरपरका तस्बिर समावेश गरिएको छ ।

बौद्ध गुरु स्याङ्तेनले पुस्तकको विमोचन गर्दै बुद्ध दर्शन तथा उपदेश मानव कल्याणका लागि उपयोगी रहेको र यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा फैलाउनुपर्ने बताउनुभयो । उहाँले बौद्धनाथ चैत्यका बारेमा विस्तृत जानकारी उपलब्ध गराउन कृति सहयोगी रहेको विचार राख्नुभयो ।

समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बौद्धनाथ तथा त्यस आसपासका क्षेत्रका महत्वपूर्ण प्राचीन सम्पदाका सूचना रहेकाले त्यहाँका इतिहास खोज अनुसन्धान गर्न चाहनेलाई पुस्तक उपयोगी रहेको बताउनुभयो ।

सो अवसरमा टीका शेर्पाले अनुवाद गर्नुभएको ‘दैनिक पूजा विधि’ नामक कृतिसमेत विमोचन गरिएको थियो । उक्त कृतिलाई बौद्ध विद्वान् डुक्पा शेर्पाले भोट भाषामा लेख्नुभएको थियो । सो पुस्तकमा पूजा गर्दाको एकाग्रता, मनमा आउने शान्ति, नकारात्मक भावनालाई न्यूनीकरण गर्ने अभ्यासलगायत विषयलाई समावेश गरिएको छ । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.