-->
महारा महाराजगञ्जस्थित गेष्टहाउसबाट पक्राउ

काठमाडौं, १६ जेठ । काठमाडौंको महाराजगञ्जस्थित कोशेली गेष्टहाउसमा युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले ४६ वर्षीय सोमे महरालाई पक्राउ गरेको छ ।
महराले कोसेली गेष्टहाउसमा एक युवतीलाई बलात्कार गर्न खोजेकाले शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । बैतडी दशरथचन्द नगरपालिका–९ का ४६ वर्षीय सोमे महरा काठमाडौं जोरपाटी डेरा गरी बस्दै आएका छन् ।
युवतीलाई ललाई फकाई गेष्ट हाउसमा लगी जबरजस्ती बलात्कार गर्न खोजेपछि पीडितले महानगरीय प्रहरी बृत्त महाराजगंजमा जानकारी गराए पश्चात काठमाडौं नारायणटारबाट खटिएको टोलीले महरालाई नियन्त्रणमा लिएको थियो ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.