अन्तरास्ट्रिय पुरुष सौन्दर्य प्रतियोगितामा नेपालका दिक्पाल कार्की उत्कृष्ण ६ मा पर्न
सफल
मिस्टर ग्लोबल २०१६’ बाट नेपालको प्रतिनिधित्व गर्दै अभिनेता तथा मोडल दिक्पाल कार्की उत्कृष्ट ६ मा पर्न सफल भएका छन्।
अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिताको फाइनलका लागि कार्की हाल थाइल्यान्डमा छन्। प्रतियोगितामा उनको प्रतिष्पर्धा थाइल्यान्ड, अमेरिका, कोरिया, चीन अर्जेन्टिना, ब्राजिल, क्यानडा, भारतलगायत देशका प्रतिष्पर्धीहरुसँग भइरहेको छ। प्रतियोगिताको नतिजा घोषणा मे ८ मा हुनेछ।
सयभन्दा बढी म्युजिक भिडियो तथा दुईवटा फिल्ममा समेत अभिनय गरिसकेका कार्की सन् २००९ का मिस्टर काठमाडौंका विजेता हुन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...