-->
एकाबिहानै सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको धक्का

आइतबार बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु परकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.४ रेक्टर स्केल मापन गरिएको उक्त परकम्पले राजधानीसहित आसपासका जिल्लामा समेत धक्का महसुस गराएको थियो।

बिहान साढे ४ बजे सिन्धुपाल्चोकको इचोक आसपालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

यसअघि हिजो बिहान सिन्धुपाच्लोक नै केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियो ।

गएको वर्ष गोरखा बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टरको भूकम्प पछि परकम्प आउनेक्रम अझै रोकिएको छैन ।

यसक्रममा ४ रेक्टर स्केलमाथिका ४५८ पटक परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.