हिलारी क्लिनटनले भनिन् राष्ट्रपतिका लागि ट्रम्प योग्य छैनन्
जेठ ७ – अमेरिकामा भैरहेको राष्ट्रपतिको चुनावलाई लिएर डेमोक्रेटिक तर्फका उमेद्धवार हिलारी क्लिटनले उनको प्रतिद्धन्द्धी रिपब्लिकनका डोलाल्ड ट्रम्प राष्ट्रपतिका लागि योग्य नभएको बताइएकी छिन् । सिएनएनसँगको अन्तर्वातामा कुरा गर्दै उनले यस्तो बताइएकी हुन् ।
उनले ट्रम्प खतरनाक रहेको बताउदै भनिन् अहिलेको उहाँको व्यवहारले यो देखाउँछकी उहाँ राष्ट्रपतिका योग्य छैनन् । उनले राष्ट्रपतिको चुनावलाई उदृत गर्दै भनेकी छिन् ‘मलाई थाहा छ, यो कति गाह्रो काम हो । मलाई यो पनि थाहा छ, चुनाव जित्नका लागि कतिको बलियो र योग्य हुनुपर्छ । र मलाई यो पनि प्रष्ट्र थाहा छ ट्रम्प राष्ट्रपतिका लागि योग्य छैनन् ।’
यसरी आफू चुनाव जित्ने दाबी क्लिनटनले गरेकी छिन् । अमेरिकामा अहिले राष्ट्रपतिका लागि चुनवा भैरहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...