एजेन्सी– एसिया भ्रमणको क्रममा जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति वाराक ओबामाले दिएको अभिव्यक्तिलाई लिएर उत्तर कोरियाले कडा चेतावनी दिएको छ ।
राष्ट्रपति ओवामाले जापानमा आयोजित सात मुलुकहरुको शिखर सम्मेलनलाई सम्बोधन गर्दै उत्तरकोरिया विरुद्ध दिएको अभिव्यक्तिलाई लिएर उसले कडा चेतावनी दिएको हो ।
केही दिनअघि जापानमा आयोजित सात मुलुक समूहको शिखर सम्मेलनका क्रममा राष्ट्रपति ओबामाले उत्तरकोरिया आणविकरहित विश्व बनाउने योजनाको सबैभन्दा ठूलो बाधक रहेको ठोकूवा गरेका थिए ।
ओबामाले उत्तर कोरियाको केही समयदेखि सञ्चालित आणविक क्षेप्यास्त्र योजना सोही क्षेत्र र अमेरिका लगायतका मुलुकहरुका लागि सबैभन्दा ठूलो धम्की भएको आरोप समेत उनले लगाएका थिए ।
ओबामाले दिएको अभिव्यक्तिको प्रतिउत्तरमा उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी साम्राज्यवादको यस्तै खालका धम्कीहरु कायम रहँदै गएमा उत्तरकोरियाले आत्मरक्षाका लागि आणविक सशस्त्र शक्तिलाई थप मजबूत बनाउने चेतावनी दिएका छन् ।
प्रवक्ताले अमेरिकाले नै अन्य मुलुकमाथि थोपर्दै आएको आणविक धम्कीलाई रोक्नुपर्ने कडा टिप्पणी गरेका थिए ।
केही समयअघिदेखि उत्तरकोरियाले आफ्ना आणविक कार्यक्रमलाई तिब्र पार्दै लैजान थालेपछि अमेरिका लगायतका विश्व महाशक्ति राष्ट्रहरु झस्किन थालेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...