बजारमा भेटिने अधिकांश बेमौसमी फलफूलमा विषादीको प्रयोग
मौसम अगावै वा बेमौसमी सिजनमा बजारमा भेटिने अधिकांश फलफुलमा बिषादीको प्रयोग हुने गरेको छ । असारको तेश्रो हप्ता देखि चौथो हप्तामा पाक्ने आँप जेठ महिना सुरु नहुँदै बजारमा धमाधम बिक्रिवितरण भैरहेको छ । बेमौसमीका फलफुलमा हानिकारक रसायन हुने भएकाले त्यस्ता फलफुल खाँदा मानब स्वास्थ्यमा गम्भिर असर पर्ने चिकित्सकहरुले बताएका छन् ।
कार्बाइड नामक रसायन काँचो आँपमा राख्दा चौबिस घन्टामै पाक्छ र व्यापारीले बढी आर्थिक लाभ लिने कारणले रसायन हाली बिक्री गर्ने गरेका छन् । प्राकृतिक रुपमा आँप पाक्ने समय असार अन्तिमदेखि भदौ महिनासम्म हो । तर वैशाखको सुरुदेखि नै रसायन हाली पकाएका आँप धमाधम बिक्रि भैरहेको छ । विषालु रसायनयुक्त आँपप्रति धेरैले ध्यान नदिँदा हानिकारक मन्द विष हालेर बिना रोक टोक बजारमा आँप बिक्री भइरहेको छ । यस्ता आँप खाँदा पेट दुख्ने, बान्ता आउने तथा स्वास्थमा प्रतिकूल असर पर्ने लगायत दीर्घकालीन गम्भीर स्वास्थ्य समस्या देखिने चिकित्सकहरु बताउछन् ।
आँप पकाउन प्रयोग हुने क्याल्सियम कार्बाइड नामको रसायन जसले मुटुरोग निम्त्याउन सक्ने तथा कलेजो र मष्तिष्कमा समेत असर गर्ने चिकित्सक धर्म भट्टराईले बताउनुभयो ।
फलफूलमा एकैनासको तर फरक–फरक आकर्षक रङ देखियो, टल्कियो, कालो थोप्ला, कुनै भाग गलेको, कुनै भाग साह्रो भएको, बाहिर पहेँलो तर भित्र काँचो भए, स्वाद खल्लो, मधुरो वा बिग्रेको तथा छाम्दा रस नभरिएजस्तो भेटिए कार्वाइडले पकाएको हुन्छ । घरमा राखेको २÷३ दिनपछि फलफूलको बोक्रामा कालो धब्बा देखिए रसायनद्वारा पकाइएको फल ठहर्छ । फलफूल खानुअघि सफा पानीले राम्ररी धुनुपर्छ । पानीमा केही मिनेट भिजाउनुपर्छ, यसो गर्दा बोक्राको रसायन सफा पानीले पखालिन्छ । कम्तीमा ८ घन्टा पानीमा भिजाए मात्र रसायन हराउन सक्छ । बेमौसमी वा समयअगावैका फलफुल नखानु नै बेस हुने चिकित्सकहरुको सुझाब छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...