-->
रञ्जीत रेलाई फिर्ता पठाउने ओलीको तयारीले दिल्लीदेखि बेलायतसम्म हंगामा

काठमाडौं, २७ वैशाख । नेपालका लागि भारतीय राजदूत रञ्जीत रेलाई फिर्ता पठाउने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारीले भारतदेखि बेलायतसम्म नयाँ तरंग पैदा गरेको छ ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णयलगत्तै आफ्नो सरकार ढाल्न भुमिका खेलेको भन्दै भारतीय राजदूतलाई फिर्ता पठाउन ओलीले आइतबारदेखि छलफल तथा परामर्श थालेका थिए ।
यो समाचार दिल्लीदेखि बेलायतसम्म आगो जसरी फैलिएको छ । भारतका एक दर्जन चर्चित पत्रिकाहरु र बेलायतको चर्चित पत्रिका डेली मेल सम्मले दुई देशबीच सम्बन्ध विग्रिएको र त्यसको कारण राजदूतलाई मान्दै उनलाई पनि फिर्ता पठाउन ओलीले तयारी गरेको समाचार काठमाडौंस्थित उच्च स्रोतलाई उद्धृत गर्दै लेखेका छन् ।
भारतदेखि बेलायतका मिडियामा प्रकाशित समाचार अनुसार अबको केही दिनमा ओलीले भारतीय राजदूतमाथि कारवाही गर्दै फिर्ता पठाउनेछन् । उनलाई पर्साेना नोन ग्राटा (कुटनीतिक विशेषाधिकार खोसेर) अनुसार अयोग्य व्यक्ति घोषित गरी स्वदेश फिर्ता पठाउने तयारी ओलीको रहेको समाचारमा दाबी गरिएको छ ।
नेपाल सरकारले राजदूतलाई विशेष अधिकार खोसेर फिर्ता पठाउँदा पर्न सक्ने प्रभावबारे विचार गरिरहेको र रञ्जित रे माथि पनि दीप कुमारलाई जस्तै सरकार ढाल्ने खेलमा लागेको आरोप लगाइएको दावी छ ।
समाचारमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रण रोकिदिएको र राजदूतलाई ठाडो भाषा प्रयोग गरेर फिर्ता गरेको आधारमा अबको निशानामा भारतीय राजदूत रे रहेको समेत उल्लेख गरिएको छ ।
खण्डनमा उत्रिए कमल थापा
यता उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय राजदूतलाई फिर्ता पठाउनेबारे कुनै तयारी नभएको भन्दै बचाउ गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्- ‘नेपालस्थित भारतीय राजदूत रायमाथि कुनै किसिमको कारबाही गर्ने योजना र सोच नेपाल सरकारले बनाएको छैन । सञ्चारमाध्मयममा आइरहेका यस्ता कुरा दुई देशबीचको सम्बन्ध बिगार्ने प्रसासस्वरुप भएको हो ।’
उनको यस्तो दाबीपछि धेरैले उनलाई ‘भारतीय दलाल’को लक्षण देखाएको भनेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.