उपेन्द्र यादवलाई जथाभावी नबोल्न चुरे भावरको चेतावनी
काठमाडौ । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले मुलुकलाई द्धन्दमा फसाउने र विभाजन गर्ने जस्ता कुरा नबोल्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई चेतावनी दिएको छ ।
पार्टीले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष बद्री प्रसाद न्यौपानेयादवले नश्लबादको कारण भारत तीन र जर्मन दुई टुक्रा भएको उदाहारण दिदै नेपालमा पनि त्यस्तै अवस्था आउन सक्ने भनि दिएको अभिब्यक्ति प्रति आपत्ति जनाएका हुन ।
उपेन्द्र यादव कहिले मुलुकमा गृहयुद्ध हुन्छ भन्छन, कहिले नश्लबादी सोचका कारण भारत र जर्मन जस्तै मुलुक विभाजन हुन्छ भन्छन । यो के भनेको, हामी सचेत गराउन चाहन्छाै , यस्तो बोल्नेलाई आफनो पार्टीले नछाड्ने न्यौपानेले चेतावनी दिए ।
न्यौपानेले आफ्नो अधिकार माग्दा अरुको अधिकारको पनि ख्याल गर्न सचेत गराउँदै फेरि पनि अनिश्चितकालिन बन्द र नाकाबन्दी जस्ता कार्यक्रम ल्याए त्यसको प्रतिकार गर्ने समेत चेतावनी दिए ।
राष्ट्रियता र स्वाधिनता रक्षाको विषयमा सबै राजनीतिक पार्टीसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पार्दै अध्यक्ष न्यौपानेले जनतालाई दुख दिने र जातीय द्धन्दमा मुलुकलाई लगेर आफ्नो अभिष्ट पुरा गर्न खोज्नेहरुको विरुद्ध आफनो पार्टी निरन्तर लड्ने उनले बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...