पाल्पा, जेठ ४ गते । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका तानसेन नगरपालिका–११ प्रभासका १८ वर्षका सुदर्शन कुँवरको शव मङ्गलबार बिहान फेला परेको छ । सोमबार दिउ“सो ३ बजे कुँवर रानीघाट नजिकैँ कालीगण्डकीमा पौडी खेल्दाखेल्दै नदीमा वेपत्ता भएका थिए ।
प्रहरी चौकी रानीमहलका प्रमूख डिल्ली भट्टराईका अनसार पौडी खेलेको स्थानभन्दा सय मिटर टाढा कुँवर शव फेला परेको हो र उनको खोजी कार्य जारी थियो । कुँवरसहित पाँच जना रानीमहल घुम्न गएका बेला रमाईलाका लागि चार जना नदीमा पौडिन गएका बेला कुँवर वेपत्ता भएका थिए ।
यस्तै सोमबार राति पाल्पाको ठिमुरे–९, लुप्लेगहिरा भन्ने स्थानमा लु १ च ५१५९ नब्बरको जीप दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ । पाल्पाको डुम्रेबाट ठिमुरे गएको जीप सडकबाट दुई सय मिटर तल जङ्गलमा खस्दा मस्याम–६, का १८ जना श्रीमान् गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मस्याम–६, कै ३५ वर्षका नारायण राना, २१ वर्षका भीमबहादुर राना, २१ वर्षका मिलन राना र ९ वर्षका सुमन राना र २६ वर्षका सिमान्त राना घाइते हुनुभएको छ ।
घाइते हुनेहरूको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको अस्पतालले जनाएको छ । दुर्घटना के कारणले भयो भन्ने कारण खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमूख प्रविन आचार्यले बताउनुभयो ।
बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु
Powered by Blogger.

0 comments
प्रतिक्रिया दिनुहोस्...