सिंहदरबार घेर्ने बेलायती पक्राउः बेलायतसँग कर्णेल कुमार लामा पक्राउको बदला लिने अबसर
काठमाण्डु, ४ जेठ– संविधानका केही धारामा असन्तुष्टि जनाउँदै संघीय गठबन्धनले आयोजना गरेको सिंहदरबार घेराउ कार्यक्रमबाट प्रहरीले सोमबार एक बेलायती नागरिकलाई पक्राउ गरेको छ । टाउकामा मगरात लेखिएको फेटा र हातमा गठबन्धनका कार्यकर्ताले झै झन्डा बोकेर घेराउमा संलग्न बेलायती नागरिक मार्टिन बेन्जामिन ट्रेभर्स पक्राउ परेका हन् ।
नियन्त्रणमा लिइएका ट्रेभर्स तीन महिने पर्यटक भिसामा गत मार्च ९ मा नेपाल आएको पाइएको छ । राहदानी नम्बर ५१२७९३५३२ रहेको बेलायतीमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले जानकारी दिए । नागरिक दैनिकबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...