-->
६ करोडको पाँचऔंले जडिबुटी बरामद


बैशाख २७
सशस्त्र प्रहरीको टोलीले ६ करोडको पाँचऔंले जडिबुटी बरामद गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मटैनाबाट सो मुल्य बराबरको पाँचऔंले जडिबुटी सुरक्षा गुल्म गड्डाचौकीको टोलीले बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीको टोलीका अनुसारभाँसी–ब्रह्मदेव लिङ्करोडको मटैना क्षेत्रमा दुई वटा मोटरसाइकलमा राखेर अवैध रुपमा लैजाँदै गरेको अवस्थामा सो जडिबुटी फेला परेको हो । बरामद गरिएको जडिबुटीका ४ वटा बोरामा ६० हजार २ सय वटा पाँचऔंले भेटिएका छन् ।
एउटा पाँचऔंलेको मूल्य अहिले एक हजार रुपैयाँ पर्ने भएकाले बरामद भएको पाँचऔंलेको मूल्य ६ करोड दुई लाख रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । प्रहरीले बरामद जडिबुटी जिल्ला वन कार्यालय कञ्चनपुरको जिम्मा लगाएको छ ।- नेपालजापान डट कमबाट





0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.