१८० किमी प्रतिघण्टाको रफ्तारमा चल्ने स्कुटर
जर्मनीको अटो निर्माता कम्पनी बिएमडब्लुले नयाँ स्कुटर पेश गरेको छ। सि ६५० स्कुटर स्पोर्टस् र जीटी दुई मोडलमा ल्याइने छ।
यी दुवै मोडलका स्कुटरमा ताइवानको कम्पनी किम्कोद्वारा निर्मित ६४७ सिसि, प्यारालाल ट्वीन इन्जिन छ जसले ६० एचपी शक्ति र ६३ एनएम टर्क उत्सर्जन गर्छ। यसको अधिक गति १८० किमी प्रतिघण्टा हुनेछ।
यसमा ६० लिटरको स्टोरेज स्पेश हुनेछ जसलाई फ्लेक्सकेस स्टोरेज कम्पार्टमेन्टको मद्दतबाट थप बढाउन सकिन्छ।
यसको अगाडि २७० मिमि डुअल डिस्क ब्रेक छ भने १५ इन्चको एलो ह्वील्स् छ।
यो स्कुटर ४.५ लिटर इन्धनले १०० किमीसम्म चल्छ।
यसको मूल्य करिब १० लाख रुपैयाँको हाराहारीमा पर्ने बताइएको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...