-->
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको पुरा ,पूर्वराष्ट्रपतिदेखि मन्त्रीसम्म आउँदै,भारत र चिनबाट उच्चस्तरिय टोली नआउने

सरकारले बिहीबारदेखि आयोजना हुने तिन दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारीबारे काठमाडौं स्थित कूटनीतिक समुदायलाई जानकारी गराएको छ ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनपरराष्ट्र मन्त्रालय सिंहदरबारमा आयोजित ‘ब्रिफिङु मा लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रका रूपमा विकास गर्नु सम्मेलनको उद्देश्य रहेको पर्यटनमन्त्री आनन्द पोख्रेलले कूटनीतिक समुदायलाई जानकारी गराए । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणलाई मुख्य तीन महत्त्वपूर्ण कार्यक्रमका रूपमा सम्मेलनमा प्रस्तुत गरिने उनले बताए ।

मन्त्री पोख्रेलका अनुसार बुद्धले अघि सारेका शान्ति, अहिंसा, भाइचारा, एकआपसमा सहअस्तित्व स्वीकार र प्रेम प्रवद्र्धनजस्ता विषयलाई विश्वभर फैलाउनु पनि सम्मेलनको उद्देश्य हो । उनले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्यलाई अन्तर्राष्ट्रिय तहमा स्थापित गराउनु सम्मेलनको अर्को उद्देश्य रहेको बताए । सम्मेलनका लागि सरकारले चार करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । सम्मेलमा सहभागी हुन आउने विदेशी प्रतिनिधिले नेपाल आउनेजाने सबै खर्च आफैंले बेहोनुपर्नेछ ।

ब्रिफिङमा काठमाडौंस्थित चिनियाँ राजदूत ऊ चुन्ताई र दूतावास अधिकारी सहभागी थिए । यस्तै भारतीय दूतावासका तर्फबाट पोलिटिकल अफिसर गोपाल कृष्णन् र कन्सुलर सेक्सनका प्रथम सचिव प्रणव गणेश सहभागी थिए । युरोपेली युनियनकी राजदूत रेन्स्जे तिरिन्क, श्रीलंकाका राजदूत एम सेनेभिरत्न तथा दक्षिण कोरिया, म्यानमार, थाइल्यान्डका कूटनीतिक प्रतिनिधि सहभागी थिए ।

२५६० औं बुद्ध जयन्तीको अवसर पारेर सरकारले ‘लुम्बिनी, नेपालः दि बर्थप्लेस अफ लर्ड बुद्ध एन्ड फाउन्टेन अफ बुद्धिजम एन्ड वल्र्ड पिसु नारा सहित वैशाख ६ र ७ गते होटल सोल्टी काठमाडौंमा अन्तर्राष्ट्रिय बौद्ध सेमिनार आयोजना गर्दैछ । सेमिनार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

त्यस्तै सरकारले ८ गते लुम्बिनीमा बुद्ध जयन्ती कार्यक्रम आयोजना गर्दैछ । लुम्बिनीमा आयोजना हुने कार्यक्रममा ‘बुद्ध नेपालमा जन्मेका हुन्ु चलचित्र प्रदर्शन गरिने भएको छ । काठमाडौं आउने विदेशी पाहुनालाई विमान र बसबाट गरी लुम्बिनी लगिने परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल रमेशप्रसाद खनालले जानकारी गराए । काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई लुम्बिनी जाने र आउने व्यवस्था आफैं मिलाउन सरकारले आग्रह गरेको छ ।

पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले सम्मेलनमा चीन र भारतबाट उच्चस्तरीय सहभागिता नहुने बताए । ‘हामीले तीन महिनाअघि मात्रै विदेशी मुलुकहरूलाई सम्मेलनमा सहभागिता हुन निमन्त्रणा गर्दा ढिला भएछ । चीन र भारत दुवैतिरबाट उच्चस्तरीय प्रतिनिधि आउने छैनन्ु, उनले भने । भारतले काठमाडौंस्थित राजदूत रन्जित रेलाई नै प्रतिनिधिका रूपमा खटाउने भएको छ ।

सरकारले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेको थियो । यस्तै संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनलाई पनि सम्मेलनमा निमन्त्रणा गरिएको थियो । महासचिव बान पनि नआउने भएका छन् ।

सम्मेलनमा विदेशी प्रतिनिधि आउने क्रम मंगलबार सुरु हुने भएको छ । परराष्ट्रले विदेशी प्रतिनिधिका लागि विमानस्थलमा हेल्प डेस्क राख्ने भएको छ । सम्मेलनमा २३ मुलुकका प्रतिनिधि सहभागी हुनेछन् । चीनबाट नौजना बौद्ध प्राज्ञ र एक सय ५५ भिक्षुसहित एक सय ७८ जना सहभागी हुनेछन् । भारतबाट एक भिक्षुसहित आठजना आउनेछन् ।

थाइल्यान्डबाट खेलकुदमन्त्री कोबर्न वातानाभ्राङ्कुलसहित १४ जना र अमेरिकाबाट दुई भिक्षुसहित सातजना, श्रीलंकाका संस्कृतिमन्त्री एसभी नाभिन्नासहित पाँचजना, टर्कीका एका पूर्वमन्त्री र रोमानियाका पूर्वराष्ट्रपति सम्मेलनमा सहभागी हुने भएका छन् । अस्टे«लियाका एक सांसदसहित तीनजना, अस्ट्रियाका एक भिक्षु, बंगलादेशका एक प्राध्यापक, एक भिक्षुसहित सातजना, भुटानबाट एक भिक्षु, कम्बोडियाका एक सांसदसहित दुईजना सहभागी हुँदैछन् ।

यस्तै जर्मनीबाट एक प्राज्ञ, जापानबाट दुई सरकारी अधिकारीसहित चारजना, लिथुवानियाबाट एक सरकारी अधिकारी, मंगोलियाबाट एक प्राज्ञ, दक्षिण कोरियाबाट दुई भिक्षुसहित सातजना, स्विजरल्यान्डबाट एक भिक्षु र एक सांसद, राष्ट्रसंघीय निकायबाट एकजना र भियतनामबाट दुईजना भिक्षु सम्मेलनमा आउने पर्यटन मन्त्रालयले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.