-->
स्वर्गद्वारी पुगेर फर्किने क्रममा दुर्घटना, तीन जनाको मृत्यु

प्यूठानः स्वर्गद्वारी दर्शन गरेर फर्किने क्रम जीप दुर्घटनामा हुँदा तीनजना तीर्थयात्रुको मृत्यु भएको छ ।  दुर्घटनामा अन्य पाँचजना घाइते छन् । 
 
प्यूठानको भिङ्ग्री हुँदै फर्किने क्रममा बा १४ च ३८३९ नम्बरको स्कार्पियो दुर्घटना भएको थियो । 
 
दुर्घटनामा दाङ तुलसीपुर नगरपालिका १९ निवासी १९ वर्षीया बिमला खनाल र १३ वर्षीय अस्मिता खनाल र ५१ वर्षीया सुकदेव खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । 
 
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार दुर्घटनामा घाइते १९ वर्षीया बसन्ता खनाल र  ६४ वर्षीया दीया खनाललाई थप उपचारका लागि बुटवल पठाइएको छ । 
 
त्यस्तै, घाइते कमला खनाल, कौशिला खनाल तथा शारदा खनालको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
 
प्रहरीका अनुसार पानी परेका कारण भिङ्ग्री–स्वर्गद्वारी सडकखण्ड चिप्लो भएको थियो । कच्ची बाटो भएका कारण त्यहाँ हिँउदमा सुख्खा तथा वर्षाको बेला समेत पहिरो खसिरहन्छ । 
 
शनिबार दिउँसो सोही बाटो भएर भिङ्ग्री फर्किदैँ गर्दा पहाडबाट खसेको बाढीले जीप चिप्लिएर दुर्घटना भएको थियो । दुर्घटनागस्त जीपमा दाङ तुलसीपुर १९ का खनाल परिवार स्वार्गद्वारी गएका थिए । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.