-->
मनकामना केबुलकार २ दिन बन्द हुने

मनकामना केबुलकार सोमबार र मंगलबार दुई दिन बन्द हुने भएको छ।
नियमित मर्मत संभारको लागि दुई दिन केबुल संचालन नहुने मनकामना दर्शन प्रालिले जनाएको छ। बुधबारदेखि केबुलकारको सेवा नियमित संचालन हुने कम्पनीले जनाएको छ।
केबुलकारबाट चढेको ११ मिनेटमै मनकामना मन्दिरमा पुग्न सकिन्छ। समुन्द्रि सतहबाट १३ सय ३ मिटरको उचाईमा मनकामना मन्दिर अवस्थित छ।दैनिक सयौं संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरु केबुलकार चढेर मन्दिर पुग्ने गर्दछन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.