गरिब जनताको नाममा आएको पैसामा आखिर कस्को हालिमुहाली ?
काठमाण्डु, २० वैशाख– नेपालमा १२ लाख ७५ हजार घर परिवारका ७० लाख जनता गरिबीको रेखामुनि रहेका भनेर सरकार पहिचान गरेको छ ।
दिनमा १ दशमलव ९० डलर अर्थात दुर्ई सय एक रुपैयाँभन्दा कम आम्दानी हनुे व्यक्तिलाई गरिबीको रेखामुनि मानिन्छ । महिनामा ६ हजार वा वर्षमा ७२ हजार भन्दा कम कमाउने नेपाली गरिब मानिन्छन् । वार्षिक आम्दानी मात्र होइन सम्पत्ति, शिक्षा र शौचालयको अवस्थाले पनि गरिबी निर्धारण गर्दछ ।
गरिबी हटाउन सरकारका तर्फबाट ३५ अर्ब र गैरसरकारी संस्थाको तर्फबाट ७८ अर्ब ६६ करोड गरी वर्षमा एक खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने गर्दछ ।
यो सबै रकम सीधै वितरण गर्ने हो भने प्रत्येक गरिबको भागमा १६ हजार एक सय ४२ रुपैयाँ ८५ पैशा पुग्छ । त्यस्तै हरेक गरिब परिवारको भागमा ८८ हजार ६ सय २७ रुपैयाँ ४५ पैशा पर्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...