-->
डुबेर एक बालकको मृत्यु

सिन्धुली / सिन्धुलीको कुशेश्वर दुम्जा गाविस–५ निवासी ४ वर्षका निरोज लामाको खोलामा डुबेर मृत्यु भएको छ । कुशेश्वर दुम्जा गाविस–५ नजिक पर्ने रोशी घट्टे खोलामा नुहाउन गएका बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । परिवारलाई थाहा नै नदिइकन खोलामा नुहाउन गएका बालक पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । 


मृत अवस्थामा फेला परेका बालकको परीक्षणका लागि अहिले जिल्ला अस्पताल सिन्धुलीमा लगिएको छ । बालक एक्लै खोलामा नुहाउन गएकाले ढिलो गरी थाहा भएको हो । यसैबीच जिल्ला प्रहरीले सुनकोशीलगायत घर नजिक आसपासका खोलामा बालबालिका नपठाउन सबैलाई आग्रह गरेको छ । रासस 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.