-->
बाग्मती नदिमा मृत अवस्थामा भेटिए सद्भावना पार्टीका नेता अनिलकुमार झा

रौतहट, २८ वैशाख । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी रौतहटका नेता अनिलकुमार झा मृत अवस्थामा भेटिएका छन् । रौतहट क्षेत्र नम्बर–४ का क्षेत्रीय अध्यक्ष झा मृत भेटिएका हुन् ।

समनपुर–१ का ४५ वर्षीय झालाई मंगलबार विहान बागमती नदीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
साईकलमा खेततर्फ लागेका झा घर नफर्किएपछि परिवारले उनको खोजी गरेको थियो ।

खोजी गर्दै जाँदा झा नदीमा साइकलसहित डुबेको अवस्थामा मृत फेला परेको बताइएको छ । 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.