-->
भूकम्पपीडितको त्रिपाल अझै भन्सारमा

२८ वैशाख, काठमाडौं । भूकम्प गएको एक वर्ष भयो तर भूकम्पपीडितका लागि आएको त्रिपाल अझै नेपालगञ्ज भन्सार कार्यालयमा नै थन्किएको छ ।

भूकम्पपीडितको राहतको लागि भारतबाट ल्याइएको उक्त त्रिपाल कुनै पनि संघसंस्थाले नलगेपछि नेपालगञ्ज भन्सार कार्यालयले जफत गरेको आजको अन्नपूर्णमा समाचार छ ।

त्रिपाल दि जाने गुडअल इन्टिच्युट नेपाल नामक संस्थाले गत असारमा ल्याएर राखेको थियो । भन्सार छुट अवधि सकिएपछि ल्याइएका कारणले तत्काल उक्त त्रिपाल भूकम्पग्रस्त क्षेत्र पुग्न नसकेपछि नेपालगञ्ज भन्सार कार्यालायमा नै राखिएको थियो ।

संस्थाले छुट अवधि सकिएपछि ल्याइएको त्रिपालको भन्सार छुटको लागि सरकारसँग अनुरोध नगरेको र लामो समयसम्म भन्सार महशुलसमेत तिरेर नलगेका कारण २ हजार थान त्रिपाल जफत गरिएको भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए ।

भूकम्पपीडितको लागि ल्याइएको त्रिपलाको भन्सार छुटका लागि संस्थाले सरकारलाई निवेदन दिन इन्कार गरेको भन्सार कार्यालयले जनाएको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.