जितेन्द्रनारायण ठाकुर, विराटनगर , जेठ ३ गते ।उप–प्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्रि विजय कुमार गच्छदारले स्थानिय निकायको निर्वाचन मधेशवादी दलको लागि अवसर भएको बताउनुभएको छ ।
उहाँले मधेशी जनताको हक अधिकारको लागि आन्दोलन गर्ने मधेशवादी दलहरुलाई स्थानिय स्तरमा पकड बनाउन स्थानिय निकायको निर्वाचन सहयोग पुर्याउने बताउनुभयो । विराटनगर विमानस्थलमा सोमवार पत्रकारहरु संगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष समेत रहनुभएको गच्छदारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई ग्रासरुढ मा आफना संगठन विस्तारमा स्थानिय निकायको निर्वाचनले सहयोग पुर्याउने बताउदै भन्नुभयो ,‘–निर्वाचनमा लाग्नुपर्ने नितांत मधेशीवादीको आवश्यकता हो।‘‘ उहाले सरकारले मंसिरमा गराउने भनिएको स्थानिय निकायको निर्वाचनको विरोधमा नेपाली काग्रेसको विरोध विरोधाबास मात्र भएको बताउनुभयो ।
उहाँले काग्रेस नेतृत्वको सरकारले नै संविधान जारी भएको ६ महिना भित्र स्थानिय निकायको निर्वाचन गर्ने घोषणा गरेकाले अव विरोध गर्नु काग्रेसको विरोधावास मात्र भएको जिकिर गर्नुभयो । विरोधावास पुर्ण सोचाई हो उहाले भन्नुभयो,‘६ महिना भित्र निर्वाचन गर्ने काग्रेककै निर्णय हो ।‘ मधेशी र जनजातिको आन्दोलनलाई स्थगन गरेर वर्तामा आउन उहाले आग्रह समेत गर्नुभयो । उहाले आन्दोलन गरे पनि वर्ता र छलफल वाट नै राजनीतिक समस्याको समाधान निस्कने भएकाले वर्तामा आउनुको विकल्प नभएको बताउनुभयो । उहाँले सरकार वर्ताको माध्यम वाट मोर्चाको माग सम्वोधन गर्न तयार रहेको बताउदै भन्नुभयो–‘ वार्तामा बोलाउदा नआउने केवल आन्दोलनको गर्नाले समस्यको समाधान हुने छैन्। वर्तामा नआउने सडकमा मात्र गइरहने अवस्था कहिले सम्म राख्ने भनेर मोर्चालाई जनतामा आफनो भुमिका प्रष्ट पार्नु पर्छ'

0 comments
प्रतिक्रिया दिनुहोस्...