-->
आईपिएलमा कति तलब पाउँछन् चीयरलिडर्सले?

आईपिएलमा ग्ल्यामर बढाउन अन्य खेलमा झै चीयरलिडर्सको भुमिका निकै महत्वपूर्ण मानिन्छ। म्याचको क्रममा चौका, छक्का अनि विकेटमा चीयरलिडर्सको नृत्यले दर्शक मनोरञ्जन लिने गर्छन्। हरेक म्याचमा ग्ल्यामरस भएर दर्शकलाई मनोरञ्जन दिन आउने यी चीयरलिडर्सले आखिर तलब चाहिँ कति पाउँछन्?
चीयरलिडर्सले दुई तरिकाले कमाउँछन्। एक त म्याचको क्रममा मैदानमै गरिने प्रस्तुतिको लागि तलब दिइन्छ भने दोस्रो टिमले आयोजना गर्ने पार्टी तथा कार्यक्रममा प्रस्तुतिको लागि तलब दिइन्छ।
आईपिएल अन्तर्गत प्रति म्याच यी चीयरलिडर्सको तलब १५ हजार देखि २५ हजार भारु सम्म हुने गर्छ। जसमा यदि टिमले जितेमा बोनस पनि सामेल गरिन्छ।पुरै सिजनमा एक टिमले १४ म्याचसम्म खेल्न सक्छ, यसरी हेर्दा चीयरलीडर्सले ४ लाख भारुसम्म कमाउन सक्छन्।
म्याचमा पर्फर्मेन्सको आधारमा प्रति म्याच चीयरलिडर्सहरुलाई ६-१२ हजार भारु सम्म दिइन्छ। टिमको जित भएमा ३ हजार बोनस अनि टिमले आयोजना गरेको पार्टी वा कुनै स्पेशल कार्यक्रममा उपस्थित भए ७ देखि १२ हजार भारु सम्म दिइन्छ। पत्रपत्रिकाको लागि फोटोसुट गरेबापत ५ हजार भारु चीयरलीडर्सलाई दिइने गरिन्छ।
चीयरलिडर्सको तलब टिम अनुसार फरक फरक छ।
शाहरुख खानको टिम कोलकत्ता नाइट राइडर्सले सबैभन्दा बढी हरेक म्याचमा १२०००, जितमा ३००० बोनस र पार्टी वा कार्यक्रममा सामेल भएमा १२,००० भारु तलब दिने गर्छ।
शाहरुखको टिम पछि सबैभन्दा बढी रोयल च्यालेन्जर्स ब्याङ्लोरले १०,००० प्रति म्याच, जितमा ३,००० बोनस र पार्टीको लागि १०,००० आफ्नो चीयरलिडर्सलाई दिने गर्छ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.