भक्तपुर, ४ जेठ । ठिमीस्थित मध्यपुर अस्पतालमा जिल्लामै पहिलो पटक बोन म्यारो९अस्थि मज्जा०को उपचार सेवा सुरु भएको छ ।
अस्पतालले आज आयोजना गरेको कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले एकैसाथ अस्थि मज्जा, मुटु रोग र मिर्गौला उपचार सेवा सुरु गरिएको जानकारी दिए । उनले भने – “यस अस्पतालले जिल्लामै पहिलो पटक बोन म्यारोको उपचार सेवा सुरु गरेको छ, अब बोन म्यारोको परीक्षण एवम् उपचार गर्न अन्यत्र जानु पर्दैन ।”
बोन म्यारो उपचारका लागि अस्पतालका मेडिकल डाइरेक्टर एवम् हाडजोर्नी विशेषज्ञ डा रामकृष्ण श्रेष्ठ, डा शिक्षाप्रकाश श्रेष्ठ सहितको टोलीले २४सै घन्टा सेवा दिने छ । त्यसैगरी अस्पतालले आजैदेखि मुटुरोग सेवा समेत सुरु गरेको छ ।
मुटुरोगको शल्यक्रियाभन्दा अगाडि मुटुको चाल लगायत मुटुसम्बन्धी रोगको उपचार सेवा सुरु गरिएको छ । त्यसैगरी अस्पतालले मिर्गौला रोगको समेत उपचार सेवा सुरु गरेको छ । एक विशेषज्ञ सहितको टोलीले सो सेवा दिनेछ ।
मानिसको जीवनको नं १२०/८०
मुटुरोग विशेषज्ञ डा सुमन्त बञ्जाडेले मानिसको जीवनको नं १२०/८० भएको बताए । विश्व उच्च रक्तचाप दिवसका अवसरमा मंगलबार मध्यपुर अस्पतालले जिल्लाभरका एम्बुलेन्स चालक र सञ्चारकर्मीका लागि आयोजना गरेको कार्यक्रममा डा बञ्जाडेले उच्च रक्तचापलाई १२०/८० मै कायम राख्नुपर्ने सल्लाह दिए ।
यो नं बढेर उच्च रक्तचाप सुरु भएमा विभिन्न रोगले आक्रमण गर्ने बताउँदै उनले उच्च रक्तचापलाई हेलचेक्य्राइँ गर्दा ज्यानै जाने खतरा औँल्याए । मिर्गौला रोग विशेषज्ञ डा सञ्जीव आचार्यले रोग कसरी लाग्छ, यसको उपचारमा के के गर्नुपर्छ भन्नेबारेमा जानकारी दिए । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...