दुबईमा चमत्कार हुने : नक्कली पहाड बनाएर पानीको वर्षा गराउँने
पछिल्लो दशक दुनियाँलाई चकित बनाउँदै रातारात अघि बढिरहेको देश हो दुबई । ५० वर्ष अघि ऊँटका बथानहरु हिड्ने देश आज आलिसान महलहरुको सहरमा परिणत भएको छ ।
चमत्कारिक ढंगले अघि बढिरहेको दुबईमा अब अर्को एक चमत्कार पनि हुने भएको छ । दुबईले कृतिम पहाड बनाएर भारी वर्षा गराउने भएको छ । समुन्द्री तटमा भएपनि दुबई मरुभूमिले घेरिएको देश हो । तातो हावा बहकने दुबइमा अब नक्कली पहाड बनाए भारी वर्षा गराउने भएको छ ।
वाशिङ्टन पोस्टको समाचारलाई उदृत गर्दै इन्डिया टाइम्सले खबर लेखेको छ । इन्डिया टाइम्सका अनुसार सो कामका लागि अमेरिकाको नेसनल सेन्टर फर एट्मास्फेरिक रिसर्चले अध्ययन गरिरहेको छ । उनीहरुले कृतिम पहाड खडा गरि बादल केन्द्रित हुनसक्ने स्थानको खोजि गरिरहेको बताइएको छ ।
समाचारका अनुसार दुबईले १.९ किलो मिटर अग्लो पहाड बनाउने तयारी गरिरहेको छ । यो कार्य सम्पन्न गर्नकालागि १५२ अरब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...