-->
समुद्रमा तैरिएको 'गुडिया': जसले फेरि रुवायो

भूमध्यसागरमा डुंगा पल्टिने सयौं मानिसहरुको तस्बिर आइरहेका बेला एक नाबालकको पनि तस्बिर सार्वजनिक भएको छ। 
 
यो तस्बिरले एक वर्षअघि टर्किस समुद्री किनारमा ज्यान गुमाएका सिरियाली बालक अयलान कुर्दीको दर्दनाक मृत्युलाई सम्झाएको छ । 
 
यो तस्बिरमा एक जर्मन उद्धारकर्मीको हातमा करिब एक वर्षका बालक रहेका छ्न् । यो तस्बिर अलपत्र आप्रवासीहरुलाई सुरक्षितरुपमा एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउने कुरामा युरोपेली देशहरुलाई प्रेरित गर्नका लागि सार्वजनिक गरिएको हो । 
तस्बिरमा जुन बच्चलाई तपाईंले देखिरहनुभएको छ अब उनी यो संसारमा भौतिकरुपमा छैनन् । लिबियाबाट इटाली आउने क्रममा भूमध्यसागरमा दुर्घटनामा परेको डुंगा नजिकै यो तस्बिर शुक्रबार खिचिएको हो । डुंगा डुब्दा उनीसहित ४५ जनाको ज्यान गएको थियो । यो घटनामा १३५ जना आप्रवासीलाई बचाइएको थियो । 
 
जर्मनीको मानवाधिकार संस्था सी-वाचका लागि काम गरिरहेका उद्धारकर्मी मार्टिन (काल्पनिक नाम) ले जब बच्चालाई देखे तब समुद्रमा एउटा गुडिया तैरिरहेको ठाने ।
 
'मैले बच्चालाई हातमा उठाएर आफ्नो अंगालोमा लिँदा उनका दुबै आँखा खुलिरहेका थिएनन्', उनले भने, 'त्यसपछि मैले बच्चाको छाती दबाएर केही प्रतिक्रिया आउँछ कि भन्ने कोशिस गरेँ । बच्चलाई देख्दा लाग्थ्यो उनी ६ घन्टाअघिसम्म जीवितै थिए ।'
 
ज्यान गुमाएका यी नाबालक लिबियाका हुन सक्ने अनुमान गरिएको छ । उनीसहित युरोप पस्न खोज्ने अभिभावक पनि समुद्रमा डुबेपछि उनको ज्यान गएको अनुमान गरिएको छ । 
 
सन् २०१४ देखि अहिलेसम्म भूमध्यसागरमा आठ हजार बढी आप्रवासीले युरोप पस्न खोज्दा डुबेर ज्यान गुमाइसकेका छन् । 
 
गत सातामात्रै डुंगा पल्टिँदा भूमध्यासागरमा डुबेर मर्नेको संख्या आठ सय ५० भन्दाबढी पुगिसकेको छ । 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.