उनले कार्यक्रम बहिस्कार गरेलगत्तै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गणतन्त्र दिवसको समारोहमा पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।
उनले घटनालाई अत्यन्त निन्दनीय भन्दै सरकारले जानी–जानी देशका पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको अपमान गरेको आरोप लगाए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले गणतन्त्र दिवसको अवसरमा देशका पूर्वराष्ट्रप्रमुखको अपमानले अन्तर्राष्ट्रिय जगतमै नेपालको बेईज्जती भएको गुनासो गरे ।
सरकारको यो घटनाले मधेसीले आफ्नो पहिचान, सम्मान र अधिकारको लागि अझै सशक्त आन्दोलन गर्नुपर्ने धारणा राखे । उनले भने ‘मधेस आन्दोलनप्रति सौहार्द राख्ने, आन्दोलनलाई जायज ठान्ने र सरकारमाथि वार्ता र संवादको माध्यमले समस्या हल गर्न बारम्बार सुझाव दिएकै कारण सरकारले षड्यन्त्रपूर्वक तरिकाले अपमान गरेको छ।’
एक मधेसी भएकै कारण पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई मारोहमा निम्तो गरेर बस्ने समेत व्यवस्था नगरेको आरोप लगाए । उनले भने– मधेशी भनेर अपमान गरियो तर यो देशकै बेईज्जती भयो । उनी दुवै जना यस देशका सम्मानित व्यक्ति थिए, उनीहरूको अपनान गर्नु भनेको देशको अपमान गर्नु सरह हो ।’



0 comments
प्रतिक्रिया दिनुहोस्...