-->
मोदीका बिए र एमएका सर्टिफिकेट सार्वजनिक

भारतीय जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीका बिए र एमएका सर्टिफिकेट सार्वजनिक गरेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मोदीका सर्टिफिकेट नक्कली भएको भन्दै उनका बारेका विवरण सार्वजनिक गर्न दिल्ली विश्वविद्यालयका उपकुलपतिलाई चिठी लेखेपछि भाजपा अध्यक्ष अमीत शाह र वित्त मन्त्री अरुण जेट्लीले सोमबार मोदीका बिए र एमए सर्टिफिकेट सार्वजनिक गरेका हुन्।

पत्रकारहरुलाई सर्टिफिकेटका प्रति बाँड्दै शाहले केजरीवालले निम्नस्तरको व्यवहार गरेको भन्दै माफी माग्नुपर्ने बताएका थिए।

यसैबीच केजरीवालको पार्टीले मोदीको बिए र एमएको सर्टिफिकेटमा नाम फरक परेको भन्दै उनका सर्टिफिकेट नक्कली भएको फेरि दाबी गरेको छ। पत्रकार सम्मेलन आयोजना गरेको आशुतोषले मोदीको बिएको सर्टिफिकेटमा नरेन्द्रकुमार दामोदरदास मोदी र एमए सर्टिफिकेटमा नरेन्द्र दामोदरदास मोदी लेखिएको भन्दै उनको सर्टिफिकेट फर्जी भएको दाबी गरेका हुन्।

‘कि विश्वविद्यालयले दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने प्रमाणित गरेको हुनुपर्छ,’ आशुतोषले भने।

 

मोदीले दिल्ली विश्वविद्यालयमा बिए र गुजरात विश्वविद्यालयमा एमए गरिएको भनिए पनि दिल्ली विश्वविद्यालयमा उनका बारेमा कुनै विवरण नभेटिएको भन्दै केजरीवाल गत हप्ता मोदीबारेको विवरण सार्वजनिक गर्न माग गर्दै दिल्ली विश्वविद्यालयका उपकुलपतिलाई चिठी लेखेका थिए।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.