विरगञ्जको नेशनल मेडिकल कलेजमा छापा
विरगञ्ज– नेशनल मेडिकल कलेजमा राजस्व अनुसन्धान कार्यालयले सोमबार छापामार मारेको छ। राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल एकाइ कार्यालयले सशस्त्र प्रहरीको टोलीसहित छापामारेको हो ।
टोलीले कलेजको लेखा शाखाबाट कागजपत्र अनुसन्धानका लागि लगेको छ । राजश्व अनुसन्धानको क्षेत्रीय कार्यालय प्रमुख अनुसन्धान अधिकृत ज्ञानेन्द्रराज ढकालले अनुसन्धान भइरहेको बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...