-->
गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

चितवन – पश्चिम चितवनको पदमपोखरीकी एक महिलाको आज गैँडाको आक्रमणबाट मृत्यु भएको छ ।
भरतपुर उपमहानगर–२७ पदमपोखरीकी स्थानीय ३५ वर्षीया मुना हमालको गैँडाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बिहान ११ः३० बजेको समयमा चितवन निकुञ्ज छेउमा घाँस काट्न गएका बेला एक्कासी गैँडाले आक्रमण गरेर उनलाई गम्भीर घाइते बनाएको थियो । उनको उपचारका क्रममा दिउँसो १ः३५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि वैशाख २२ गते चितवनको माडीमा गैँडाले रिउ नदी किनारमा घुँगी टिप्न गएका स्थानीय ६५ वर्षीय सुकबहादुर बोटे गम्भीर घाइते भएकी थिइन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.