रियल मड्रिडलाई पछि पारेर जितेको उपाधिको खुसीयाली बार्सिलोनाले यसरी मनायो
जेठ ३ – स्पेनिस ला लिगाका च्याम्पियन बार्सिलोनाले ट्रफीसहित शहरमा परेड गरेर जितको उत्सव मनाएको छ ।
बार्सिलोनाले आइतबार राति खेलाडीसहित नगर परिक्रमा गरेर लिगको उपाधि उत्सव मनाएको हो । बार्सिलोनाका एक लाख भन्दै धेरै समर्थक विजय र्यालीमा सहभागी थिए ।
बार्सिलोनाले शनिबार राति भएको खेलमा ग्रनाडालाई ३–० ले हराएर रियल मड्रिडलाई पछि पार्दै उपाधि जितेको थियो । बार्सिलोनाको स्युडाड कुनडाल सडक विजय उत्सवमा रमेको थियो ।
ग्रनाडालाई हराएपछि बार्सिलोनाका खेलाडीले निजी पार्टी गरेर जितको खुसीयाली मनाएका थिए । तर त्यसको २४ घण्टापछि आफ्ना समर्थकसँग खुसी साट्न घरेलु शहर फर्किए ।
लियोनल मेस्सी, नेइमार, लुइस स्वारेजसहितका खेलाडी बसमा सबेर र्यालीमा सहभागी भएका थिए । क्लब तथा खेलाडीले लिगको २४ औं उपाधिको खुसी मनाए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...