-->
काठमाडौं, वैशाख २४– चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा विस्तार भईरहेको कोटेश्वर–कलंकी सडक खण्डको काम समयमै बन्न नसक्दा यो बाटो भएर हिँड्ने सबैले सास्ती खेप्नुपरेको छ । सडकका दायाँबायाँ खनिएका खाल्डा महिनौंदेखि जस्ताको तस्तै छन् । यसबाट सवारी दुर्घटनाको दर पनि बढ्न थालेको छ । सडक फराकिलो पार्न भत्काइएका संरचना समेत समयमै नपन्छाउँदा बाटोमा हिँड्ने बटुवाले पनि कष्ट भोगिरहेका छन् । सडकको खाली ठाउँ फोहोर थुपार्ने थलो बनेको छ । मानव स्वास्थ्यलाई पनि असर गरिरहेको छ । सडक विस्तारले सवारी चापलाई व्यवस्थित गर्ने लक्ष्य राखिए पनि समयमै काम नसकिँदा यातायात अस्तव्यस्त हुने र बटुवाले झनै दुःख पाइरहेका छन् । यस सडकखण्डको कामले ३२ महिना बितिसकेको छ । काम सकिन निर्धारण गरेको समय ८ महिना बाँकी छ । चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले सडक विस्तारको काम गरिरहेको छ । यही अबधीमा ७० प्रतिशत काम सक्नु पर्नेमा ३५ प्रतिशत पनि नसक्दा निर्धारित सयममै काम सकिन्छ भन्नेमा भने आशंका उब्जेको छ । मुलुकमा भएको विभिन्न परिस्थितिका कारण सडक सुधारको काममा ढिलासुस्ती भएको काठमाडौं चक्रपथ सुधार आयोजनाका इन्जिनियर रमेश दृष्टिको दाबी गर्नुभयो । ‘समग्रमा ३५ देखि ४० प्रतिशत जति सडक सुधारको काम सकेको छ,’ इन्जिनियर दृष्टिले बताउनुभयो । उहाँका अनुसार भूकम्प र नाकाबन्दीले जनजीवन अस्तव्यस्त भएपछि कामदार र इन्धनको अभावका कारण काम गर्न नसकेर चिनियाँ ठेकेदार फर्किँदा सडक सुधारको काम ठप्प बनेको थियो । काम ठप्प बनेको झण्डै ९ महिना पछि चिनियाँ कम्पनीका प्राविधिक र कामदार फर्केर निर्माणको काम पुनः थालेका छन् । कामले अहिले तिब्रता त पायो तर काम गर्ने शैली भने उही कछुवाको गति जस्तो देखियो । जस्ले गर्दा सडक विस्तारको अवधि ६ महिनादेखि १ वर्षसम्म अझै लम्बिने विज्ञहरुले आँकलन गरेका छन् । कस्तो बन्दै छ त सडक ? २७ किलोमिटर चक्रपथमध्ये १० दशमलव ३९ किलोमिटर अन्तर्गतको ४ लेनको सञ्चालन भएको सडक ८ लेनको विस्तार गरी काठमाडौंको सवारी चाप व्यवस्थापन गर्ने सडक विस्तारको काम भईरहेको छ । २०७० साल भदौदेखि निर्माण कार्य थालेको सडक खण्डको कम्पनीले कोटेश्वरमा दुई सय मिटर नमुनाको लागि सडक बनाइसकेको छ । यस सडक खण्डमा चार लेनको प्रमुख सडक, दुईतिर दुई–दुई लेनका सर्भिस सडक र साइकल ट्रयाक निर्माण हुनेछ । यस्तै, सडकको दायाँबायाँ फुटपाथ, पब्लिक बस स्टप, प्रमुख सडकका चारवटा पुलको मर्मत, सर्भिस रोडमा ८ वटा पुल, ३ वटा आकाशे पुल, कलंकीमा अन्डर पास बनाइनेछन् । काम सम्पन्न भएपछि सडकको चौडाई ३८ दशमलव पाँच मिटर फराकिलो बन्नेछ । आयोजनाको अन्तिम बिन्दु कलंकी क्षेत्रमा गाडीको अत्यधिक चाप हुने भएकाले त्यसलाई व्यवस्थित गर्न भूमिगत मार्ग पनि बनाइने छ । बल्खुबाट कलंकी हुँदै स्वयम्भुतर्फ जाने गाडीलाई भूमिगत मार्ग (अन्डर पास) तथा नैकाप कलंकी हुँदै कालिमाटी जाने सवारीसाधन भने यथास्थानबाट चल्ने गरी सडकको डिजाइन गरिएको छ । सडक विस्तारको उपलब्धी ? आयोजनाका अनुसार हालसम्म समग्रमा ३५ प्रतिशत काम सकेको जनाएको छ । आकाशे पुलको काम ७० प्रतिशत भन्दा बढी भएको छ । सडकमा गिट्टी बिछ्याउन सव ग्रेडको कामका लागि माटो भर्ने र पर्खाल लगाउने काम झण्डै ५० प्रतिशत र नाली बनाउने काम ३५ प्रतिशत सकेको छ । सुधार हुने सडक खण्डको दायाँ बायाँ २ सय भन्दा बढी स्थानमा ढल बग्ने पाइप राख्ने काम थाल्न बाँकी नै छ । यस खण्डमा निर्माण तथा विस्तार गर्नुपर्ने ४ वटा पुलको काम भइरहेको छ । बल्खुमा २, ललितपुर बालकुमारी र कलंकीमा बनाउनुपर्ने पुलको काम अन्तिम चरणमा पुगेको छ । खर्चको विवरण यस सडक खण्ड विस्तारका लागि चीन सरकारले ५ अर्ब रुपैयाँ खर्च गर्नेछ भने हालसम्ममा झण्डै २ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । सडक सुधारका लागि नेपाल सरकारको मात्रै छुट्टै १ अर्ब रुपैयाँ खर्च भईसकेको छ । विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी र ढल निकासका संरचना हटाउन उक्त रकम खर्च भएको आयोजनाले जनाएको छ । समस्या केमा ? आयोजनालाई काम गर्न विभिन्न किसिमका अवरोधहरु सिर्जना भएको छ । हाल मागअनुसार निर्माण सामग्रीमा चाहिने कच्चा पदार्थ पाईरहेको छैन । कम्पनीले सडक खण्ड विस्तारका लागि २ लाख ७ हजार घनमिटर ढुंगा, २ लाख ५० हजार घनमिटर माटो, २ लाख ३० हजार घनमिटर माटो कटान र बाटो फिलअप गर्न आवश्यक १ लाख ९० हजार घनमिटर राम्रो माटो चाहिन्छ । नेपाल विद्युत प्राधिरणले सडकका बिजुली पोल नहटाइँदा र ढलको पुनस्र्थापना नगरिंदा निर्माण कम्पनीलाई काम गर्नसमेत समस्या भएको छ । कम्पनीको नक्सा र सडक विभागको डिजाइन अनुसार कतिपय स्थानमा अझैपनि मेल नखाँदा निर्माण काम अगाडि बढ्न ढिलासुस्ती देखिएको छ । सडकको काम भएको स्थानबाट गाडी डाइभर्ट गरी काम गर्न पनि नपाउने लगायत ट्राफिक अबरोधले पनि आयोजनाको काममा समस्या देखिएको छ ।

काठमाडौं, वैशाख २४– चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा विस्तार भईरहेको कोटेश्वर–कलंकी सडक खण्डको काम समयमै बन्न नसक्दा यो बाटो भएर हिँड्ने सबैले सास्ती खेप्नुपरेको छ ।
सडकका दायाँबायाँ खनिएका खाल्डा महिनौंदेखि जस्ताको तस्तै छन् । यसबाट सवारी दुर्घटनाको दर पनि बढ्न थालेको छ । सडक फराकिलो पार्न भत्काइएका संरचना समेत समयमै नपन्छाउँदा बाटोमा हिँड्ने बटुवाले पनि कष्ट भोगिरहेका छन् ।
सडकको खाली ठाउँ फोहोर थुपार्ने थलो बनेको छ । मानव स्वास्थ्यलाई पनि असर गरिरहेको छ । सडक विस्तारले सवारी चापलाई व्यवस्थित गर्ने लक्ष्य राखिए पनि समयमै काम नसकिँदा यातायात अस्तव्यस्त हुने र बटुवाले झनै दुःख पाइरहेका छन् ।
यस सडकखण्डको कामले ३२ महिना बितिसकेको छ । काम सकिन निर्धारण गरेको समय ८ महिना बाँकी छ । चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले सडक विस्तारको काम गरिरहेको छ ।
यही अबधीमा ७० प्रतिशत काम सक्नु पर्नेमा ३५ प्रतिशत पनि नसक्दा निर्धारित सयममै काम सकिन्छ भन्नेमा भने आशंका उब्जेको छ ।
मुलुकमा भएको विभिन्न परिस्थितिका कारण सडक सुधारको काममा ढिलासुस्ती भएको काठमाडौं चक्रपथ सुधार आयोजनाका इन्जिनियर रमेश दृष्टिको दाबी गर्नुभयो । ‘समग्रमा ३५ देखि ४० प्रतिशत जति सडक सुधारको काम सकेको छ,’ इन्जिनियर दृष्टिले बताउनुभयो ।
उहाँका अनुसार भूकम्प र नाकाबन्दीले जनजीवन अस्तव्यस्त भएपछि कामदार र इन्धनको अभावका कारण काम गर्न नसकेर चिनियाँ ठेकेदार फर्किँदा सडक सुधारको काम ठप्प बनेको थियो ।
काम ठप्प बनेको झण्डै ९ महिना पछि चिनियाँ कम्पनीका प्राविधिक र कामदार फर्केर निर्माणको काम पुनः थालेका छन् । कामले अहिले तिब्रता त पायो तर काम गर्ने शैली भने उही कछुवाको गति जस्तो देखियो । जस्ले गर्दा सडक विस्तारको अवधि ६ महिनादेखि १ वर्षसम्म अझै लम्बिने विज्ञहरुले आँकलन गरेका छन् ।
कस्तो बन्दै छ त सडक ?
२७ किलोमिटर चक्रपथमध्ये १० दशमलव ३९ किलोमिटर अन्तर्गतको ४ लेनको सञ्चालन भएको सडक ८ लेनको विस्तार गरी काठमाडौंको सवारी चाप व्यवस्थापन गर्ने सडक विस्तारको काम भईरहेको छ । २०७० साल भदौदेखि निर्माण कार्य थालेको सडक खण्डको कम्पनीले कोटेश्वरमा दुई सय मिटर नमुनाको लागि सडक बनाइसकेको छ ।
यस सडक खण्डमा चार लेनको प्रमुख सडक, दुईतिर दुई–दुई लेनका सर्भिस सडक र साइकल ट्रयाक निर्माण हुनेछ । यस्तै, सडकको दायाँबायाँ फुटपाथ, पब्लिक बस स्टप, प्रमुख सडकका चारवटा पुलको मर्मत, सर्भिस रोडमा ८ वटा पुल, ३ वटा आकाशे पुल, कलंकीमा अन्डर पास बनाइनेछन् । काम सम्पन्न भएपछि सडकको चौडाई ३८ दशमलव पाँच मिटर फराकिलो बन्नेछ ।
आयोजनाको अन्तिम बिन्दु कलंकी क्षेत्रमा गाडीको अत्यधिक चाप हुने भएकाले त्यसलाई व्यवस्थित गर्न भूमिगत मार्ग पनि बनाइने छ । बल्खुबाट कलंकी हुँदै स्वयम्भुतर्फ जाने गाडीलाई भूमिगत मार्ग (अन्डर पास) तथा नैकाप कलंकी हुँदै कालिमाटी जाने सवारीसाधन भने यथास्थानबाट चल्ने गरी सडकको डिजाइन गरिएको छ ।
सडक विस्तारको उपलब्धी ?
आयोजनाका अनुसार हालसम्म समग्रमा ३५ प्रतिशत काम सकेको जनाएको छ । आकाशे पुलको काम ७० प्रतिशत भन्दा बढी भएको छ । सडकमा गिट्टी बिछ्याउन सव ग्रेडको कामका लागि माटो भर्ने र पर्खाल लगाउने काम झण्डै ५० प्रतिशत र नाली बनाउने काम ३५ प्रतिशत सकेको छ ।
सुधार हुने सडक खण्डको दायाँ बायाँ २ सय भन्दा बढी स्थानमा ढल बग्ने पाइप राख्ने काम थाल्न बाँकी नै छ । यस खण्डमा निर्माण तथा विस्तार गर्नुपर्ने ४ वटा पुलको काम भइरहेको छ । बल्खुमा २, ललितपुर बालकुमारी र कलंकीमा बनाउनुपर्ने पुलको काम अन्तिम चरणमा पुगेको छ ।
खर्चको विवरण
यस सडक खण्ड विस्तारका लागि चीन सरकारले ५ अर्ब रुपैयाँ खर्च गर्नेछ भने हालसम्ममा झण्डै २ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।
सडक सुधारका लागि नेपाल सरकारको मात्रै छुट्टै १ अर्ब रुपैयाँ खर्च भईसकेको छ । विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी र ढल निकासका संरचना हटाउन उक्त रकम खर्च भएको आयोजनाले जनाएको छ ।
समस्या केमा ?
आयोजनालाई काम गर्न विभिन्न किसिमका अवरोधहरु सिर्जना भएको छ । हाल मागअनुसार निर्माण सामग्रीमा चाहिने कच्चा पदार्थ पाईरहेको छैन ।
कम्पनीले सडक खण्ड विस्तारका लागि २ लाख ७ हजार घनमिटर ढुंगा, २ लाख ५० हजार घनमिटर माटो, २ लाख ३० हजार घनमिटर माटो कटान र बाटो फिलअप गर्न आवश्यक १ लाख ९० हजार घनमिटर राम्रो माटो चाहिन्छ । नेपाल विद्युत प्राधिरणले सडकका बिजुली पोल नहटाइँदा र ढलको पुनस्र्थापना नगरिंदा निर्माण कम्पनीलाई काम गर्नसमेत समस्या भएको छ ।
कम्पनीको नक्सा र सडक विभागको डिजाइन अनुसार कतिपय स्थानमा अझैपनि मेल नखाँदा निर्माण काम अगाडि बढ्न ढिलासुस्ती देखिएको छ । सडकको काम भएको स्थानबाट गाडी डाइभर्ट गरी काम गर्न पनि नपाउने लगायत ट्राफिक अबरोधले पनि आयोजनाको काममा समस्या देखिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.