-->
आइपिएल : कोहलीको अर्को शतक, बैंगलोर दोस्रो स्थानमा

जेठ ६ – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विराट कोहलीको शतकीय पारीले रोयल च्यालेन्र्जस बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ । 
बुधबार राति किंस इलाभेन पञ्जावलाई ८३ रनले पराजित गर्दै बैंगलोर अंक तालिकामा दोस्रो स्थानमा पुगेको हो । उत्कृष्ट ब्याटिङ प्रस्तुत गरेका कोहलीले १४ औँ ओभरमा सन्दिप शर्माको बलमा क्याच आउट हुनअघि १ सय १३ रन बनाए । 
५० बल खेलेका उनले १२ चौका र ८ छक्काको मद्धतमा शतकीय पारी खेलेका हुन् । अर्का ओपनर ब्याट्सम्यान क्रिस गायलले ३२ बलमा ४ चौका र ८ छक्का हान्दै ७३ रन बनाए । 
पानीले प्रभावित भएर १५ ओभरमा झारिएको खेलमा बैंगलोरले ३ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । डकवर्थ लुइस नियमका आधारमा पञ्जावलाई १४ ओभरमा २ सय ३ रनको लक्ष्य मिलेको थियो । पञ्जावले ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो । 
पञ्जावमा कुनैपनि ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । १३ खेलमा ७ वटा जित्दै बैंगलोर दोस्रो स्थानमा छ भने ४ खेल मात्र जितेको पञ्जाव पुछारमा छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.