कर्मचारीको तलब पचास प्रतिशत वृद्धि गर्न माग
काठमाडौँ / नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) ले बढ्दो महँगी र मुद्रास्फीति समेतका आधारमा सबै कर्मचारीको तलब कम्तीमा ५० प्रतिशत वृद्धि गर्न माग गरेको छ नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको मूल्यवृद्धि सूचकाङ्कका आधारमा आव २०७३÷०७३ को बजेटमा कर्मचारीको तलबभत्ता लगायत सेवासुविधामा वृद्धि गर्न माग गर्दै सङ्घले आज अर्थमन्त्री समक्ष विभिन्न मागसहितको २५ बुँदे ज्ञापनपत्र बुझाउँदै निजामती ऐन, २०४९ तथा नियमावली, २०५० मा व्यवस्था भए बमोजिम निजामती कर्मचारीको वार्षिक ग्रेड रकम एक दिनको तलब बराबरको रकम कायम गरिनुपर्ने जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...