-->
गैंडाकोटमा सवारी दुर्घटना दुईको मृत्यु,१६ घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको  गैंडाकोट नगरपालिका ११ हर्कपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बा २ क ११३७ नम्बरको मिनि ट्रक बुधवार विहान ५ बजे  दुर्घटनामा परेको थियो । रुखमा ठोकिएर भएको दुर्घटनामा २ जनाको घटना स्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी हवल्दार कमल कुवरले जानकारी दिए । मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । उनीहरुको सनाखत भएको छैन ।  अन्य १६ जना घाइते भएका छन् ।

घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मिनी ट्रकमा चालक सहित १८ जना सवार थिए ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.