-->
जिकासँग लड्न रकम नदिएकोमा आलोचना

Image copyrightGETTY

अमेरिकी राष्ट्रपति बाराक ओबामाले जिका भाइरसविरुद्ध लड्न आफूले प्रस्ताव गरेको १ दशमलब ९ अर्ब डलरको योजनालाई पूर्ण समर्थन दिन नसकेको भन्दै अमेरिकी संसदको चर्को आलोचना गरेका छन्।

क्षेत्रीय रुपमा फैलिरहेको उक्त संक्रमण अमेरिका र उसको नियन्त्रण रहेको भूभागका २ सय ७९ गर्भवती महिलामा देखिएको स्वस्थ्य अधिकारीहरुले जनाएका छन्।

राष्ट्रपति ओबामाले सिनेटले, माग गरेको भन्दा आधा र हाउस अफ रिप्रेजेन्टेटिभसले एक तिहाइमात्र रकम उपलब्ध गराएकोमा दु:ख व्यक्त गरे।

यसैबीच जिका भाइरस अफ्रिकामा पनि पाइएको भन्दै सावधानी बढाउन विश्व स्वास्थ्य संगठनले जोड दिएको छ।

असन्तुष्टि

Image copyright.

राष्ट्रपति ओबामाले जिका भाइरसविरुद्ध लड्न आफूले गरेको प्रस्तावलाई माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले पूर्ण समर्थन नगरेकोमा असन्तुष्टि जनाएका हुन्।

उनले भने, “लामखुट्टे भन्सार हुँदै आउँदैन र हामी पर्खाल बनाएर त्यसलाई रोक्न सक्दैनौँ। हामीले सुरुमै यसलाई ठीक ढंगले सम्बोधन गरेनौँ भने भविष्यमा ठूला समस्या आउनेछन्।”

यसैबीच विश्व स्वस्थ्य संगठनले अमेरिकामा हजारौँ शिशुहरुमा जन्मजात स्वास्थ समस्या देखिनुमा जिम्मेवार जिका भाइरस अफ्रिकामा पनि देखिएको जनाएको छ।

केप भर्ड द्वीपमा प्रकोपको रुपमा देखिएको जिका, दक्षिण अमेरिकी मुलुकहरुमा पाइएकै जिका भाइरस जस्तै भएको परीक्षणहरुले देखाएका छन्।

पूर्व तयारी

अफ्रिकाका लागि विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय निर्देशक मात्सिडिसो मोइटीले अब उक्त भाइरस अफ्रिकाको मुख्य भूमिमा सर्न सक्ने बीबीसीलाई बताइन्।

Image copyrightAP

उनले त्यससंग जुध्नका लागि पूर्वतयारीमा सुधार आवश्यक रहेको औल्याएकी छन्।

युगाण्डाको जंगलको नामबाट जिका नामाकरण गरिएको उक्त भाइरस सन् १९४० को दशकमा अफ्रिकाबाट उत्पन्न भएको ठानिन्छ।

त्यसपछिका वर्षहरुमा चाहिं त्यसले दक्षिण पूर्वी एसिया र दक्षिण अमेरिकामा प्रकोपको रुप लिएको थियो।

जिका भाइरसका कारण नवजात शिशुहरुमा मस्तिष्क र टाउको सानो हुने जस्ता स्वास्थ्य समस्या देखिने गरेका छन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.