-->
द्रुत मार्गमा अझै भारतीय चलेखल,लगानी खेर जाने भयो भन्दै देउवा र निधी तनावमा

सरकारले काठमाडौँ तराई मधेस द्रुतमार्ग आफैले बनाउने र आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेत सो आयोजनाकालागि रु दश अर्ब बजेट राख्ने तयारी गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवा, नेता विमलेन्द्र निधी र भौतिक पूर्वाधार तथा

यातायात व्यवस्था मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीलाई सबैभन्दा बढी पीडा भएको छ ।

sher-bahadur-deuba.jpgभारतीय कम्पनीलाई ठेक्का दिन सकिएको खण्डमा सो आयोजनाबाट न्यूनत्तम ५० करोड रुपैया कसिमन पाइने आशामा रहेका उनीहरुले सरकारले नै सो परियोजना अगाडि बढाउने भएपछि तनावमा परेको बताइन्छ ।

भारतीय कम्पनीका नेपाली साझेदारका रुपमा देउवाका साला रहेका छन् । सालाको नाममा उनै देउवा नै त्यसको खास एजेन्ट रहेको काँग्रेसका एक नेताले जानकारी दिए । सभापतिमा पराजित रामचन्द्र पौडेल पक्षका विकास परियोजनासँग जानकार एक नेताकाअनुसार कमिसनको लोभमा देउवा निधि र कार्कीले उक्त परियोजना कुनै पनि हालतमा नेपालले बनाउन नहुने भन्दै धम्की नै दिन सुरु गरेका छन् ।

नेपाल सरकार आफैले बनाउँदा ९० अर्ब नेपाली रुपैयामा सम्पन्न हुने सो परियोजना भारतीयलाई दिदा ११० अर्ब बढी करिब दुई सय अर्ब लाग्नुको पछाडि कमिसनको लोभ नै रहेको बताइन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.