-->
आयोजक मदन भण्डारी क्लब उपाधिनजिक

 
सशस्त्र प्रहरी बलको विभागीय टिम एपिएफको चुनौती पन्छाउँदै आयोजक मदन भण्डारी स्पोट्रस एकेडेमी उर्लाबारीमा जारी पाचौं मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनल प्रवेश गरेको छ। 
 
आयोजकले सशस्त्रलाई ट्राइब्रेकर ८–७ गोल अन्तरले हराउँदै अन्तीम दुईमा आफूलाई सुरक्षित गरेको छ। 
 
आयोजक र सशस्त्र दुबैले पहिलो हाफमा १–१ गोल बराबरी खेले। दोस्रो हाफमा दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियोे। ट्राइब्रेकरमा खेल बराबरी भएपछि सडन डेथमा पुगेको थियो। 
एपिएफका रुपक लामाले सडन डेथमा हानेको प्रहार बाहिर गएपछि आयोजक मदन भण्डारी स्पोट्रस एकेडेमी विजयी भएको हो। 
 
खेलको सुरुवातदेखि नै आक्रामक बनेको सशस्त्रले पहिलो गोल गरे पनि आयोजकका खेलाडी कर्ण लिम्बूले आयोजकको तर्फबाट गोल गरेपछि पहिलो हाफ बराबरीमा टुंगियो। सशस्त्रका हरि कार्कीले नविन लामाले निकालिदिएको पासलाई सदुपयोग गर्दै पहिलो हाफको २९ मिनेटमा आफ्नो टिमको तर्फबाट गोल गर्दैै अग्रता दिलाएका थिए। 
 
आयोजकका तर्फबाट ३५ मिनेटमा दीपक राईको पासमा कर्ण लिम्बूले गोल गर्दै खेल बराबरीमा पुर्याउन सफल भएका थिए। 
 
दोस्रो हाफको सुरुवाती २० मिनेट कडा प्रतिस्पर्धा भए पनि अधिकांश समय एपिएफले आयोजकमाथि दबाब राख्यो। एपिएफका राजेन्द्र रावलले गोल गर्ने थुप्रै अवसर प्राप्त गरे पनि आयोजकका गोल रक्षक बाधक बने। 
प्रतियोगिताको म्यान अफ द म्याच आयोजकका रजिन धिमाल भए। यो जितसँगै आयोजक मदन भण्डारी स्पोट्रस एकेडेमी मदन भण्डारी गोल्डकपको फाइनलमा प्रवेश गरेको तेस्रोपटक हो। आयोजकले दोस्रो संस्करणको उपाधि कब्जा गरेको थियो। चौथो संस्करणमा आयोजक उपबिजेतामा सीमित भएकोे थियो। शनिबारको दोस्रो सेमिफाइनल खेल बिआरसी भुटान र त्रिभुवन आर्मी क्लबबीच हुनेछ। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.