-->
भीषण आँधीले शारिबुङ बेसक्याम्पमा २० जना अलपत्र, उद्धारका लागि गएका हेलिकोप्टर फिर्ता

वैशाख ३१, २०७३- मुस्ताङको शारिबुङ हिमाल ट्रेकिङका लागि गएका दुई जर्मनी नागरिकसहित १८ जना नेपाली भीषण हिमआँधीले अलपत्र परेका छन् ।  शारिबुङ पास गरेर बेसक्याम्पमा अस्थायी टेन्टमा बसेकाबेला आएको आँधीले सबै सामान उडाएपछि उनीहरु अलपत्र परेका हुन ।

ट्रेकिङको बन्दोबस्त मिलाएको फ्रेन्ड्स एडभेन्चरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर लामाका अनुसार बन्दोबस्तीका सबै सामान उडाएको खबरपछि गरिएको उद्धार प्रयास असफल भएको छ । 'दिउँसो १२ बजे स्याटेलाइट फोनमा खबर आयो,' उनले कान्तिपुरसित भने, 'लगत्तै दुइटा हेलिकोप्टर पठायौं, तर बस्न नसकेर फर्किए ।'

आँधीले सरसामान, पकाउने भाडाँ, स्टोभ, खानेकुरा, ओढ्ने ओछ्याउनेसमेत उडाएको छ । ट्रेकिङ टोली शारिबुङको दक्षिण मोहडाको ५९४० मिटर उचाईमा छन् ।

टोलीमा दुई जर्मनी नागरिक, एकजना गाइड, एकजना क्लाइम्बिङ शेर्पा, एक बेस क्याम्प शेर्पा, एक जना भान्छे, एकजना किचन ब्वाई र १३ जना भरिया छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.