जनताको लाम लाग्ने भो दरबारको लागि
चुनौति थपिने भो म्यादी सरकारको लागि
आन्दोलन पुनः हुने भो अधिकारको लागि
नमिलेको मुद्दा सम्बोधन नहुञ्जेल सम्मन
लाठीचार्ज हुने संविधान स्विकारको लागि
दक्षिणामा दक्षिणबाट सहयोग भन्दै द्वन्द
चाईनिज कार्ड लेखियो अखवारको लागि
महाराजको नियाल्दा ७ महिने कामकाज
चित्त बुझ्दो भएन असल पत्रकारको लागि
यहि पारा रहि रहे त्यो दिन अब नजिक रे
जनताको लाम लाग्ने भो दरबारको लागि
नीति निर्माण भएछ नेपालको विकास गर्न
परियोजना कुनै आएन बेरोजगारको लागि


0 comments
प्रतिक्रिया दिनुहोस्...