-->
मेस्सीको नामको प्लाष्टिकको जर्सी लगाउने बालक देश छोड्न बाध्य

वैशाख २२ – स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीको नामको प्लाष्टिकको जर्सी लगाएर चर्चामा आएका पाँच वर्षका अफगानी बालक देश छोड्न बाध्य भएका छन् । अपहरणको धम्की लगातार आएपछि मुर्तजा अहमदीको परिवार आफगानिस्तान छोडेर पाकिस्तान छिरेको छ । अपहरणको धम्कीसहित एक समूहले पैसा मागेपछि आफू सपरिवार पाकिस्तान आएको मुर्तजाका पिताले बताए । मुर्तजाले सेतोमा निलो धर्सा भएको प्लाष्टिकको झोलामा मेस्सीको नाम तथा जर्सी नम्बर लेखेर लगाएको तस्बिर गएको माघमा सामाजिक सञ्जालमा आएपछि उनी विश्वभर चर्चित बने का थिए । उनले मेस्सीको राष्ट्रिय टिम अर्जेन्टिनाको जर्सी बनाएर लगाएका थिए । यो थाहा पाएपछि मेस्सीले आफ्नो हस्ताक्षरसहितको दुई वटा जर्सी र एउटा फुटबल उपहार पठाएका थिए । मुर्तजाले मेस्सी आफूलाई निकै मन पर्ने र उनी राज भएको बताए । एक दिन मेस्सीसँग भेट्ने इच्छा रहेको उनको भनाई छ । मुर्तजाका पिताले धम्की आएको तथा अवस्था निकै नाजुक भएकाले अफगानिस्तानको घाज्नी प्रान्तमा रहेको घर छोड्न बाध्य भएको बताए । मुर्तजा परिवार अहिले पाकिस्तानको क्वेटा शहर आइपुगेको छ । अहिले मुर्तजा र उनको सात जनाको परिवार एउटा साँघुरो कोठामा बसेका छन् । मुतर्जाले आफूलाई फुटबल खेल्न मन पर्ने बताए । उनलाई पछ्याउने क्यामरा छिचोलेर मुर्तजा फुटबल खेलिरहेका छन् । उनले भने ‘मेस्सी तपाईलाई थाहा छ, म तपाईलाई कति मनपराउँछु । मलाई बोलाउनुस्, जसले गर्दा म तपाईलाई भेट्न सकुँ ।’ मेस्सीले पनि भेट्ने इच्छा रहेको तर योजना भने नबनिसकेको बताएका छन् । अफगान फुटबल एसोसिएसनले पनि मेस्सी र मुर्तजाको भेट गराउने पहल भइरहेको बताएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.