-->
हावाहुरीले विद्यलायको छाना उडादाँ विद्यार्थीको टाउको फुट्योे, २० लाखको क्षती

पर्वत -हावाहुरीले विद्यालयको छाना उडाउदाँ एक विद्यालयका दुइ विद्यार्थी घाइते भएका छन् । दिउँसो करिब साढे दुई बजेको समयमा लागेको हावाहुरीले देउपुर ८ मा रहेको जननेत्र उच्च माध्यमिक विद्यालयको छाना उडाउँदा २० लाख भन्दा बढीको क्षती भएको छ भने दुई विद्यार्थी समेत घाईत भएको विद्यालयका शिक्षक भुमीराज शर्माले जानकारी दिएका छन् ।
घाइते हुनेमा जोयल गुरुङ र संध्या तिमिल्सीना रहेका छन् । हुरीले उडाएको ढुंगाले लागेर कक्षा सातमा अध्ययरत जोयल गुरुङको टाउँकोमा चोट लागेको विद्यालयले जनाएको छ । घाइते भएका गुरुङको विद्यालयमा प्रथामिक उपचारपछि देउपुर स्वास्थ्य चौकीमा पठाइएको शिक्षक शर्माले जानकारी दिए भने अर्की छात्रा भने सामान्य घाइते भएको बताइएको छ ।
हावाहुरीका कारण दुइ बर्ष पहिले बनेको भवनको छाना उडाउँदा २० लाख भन्दा बढीको क्षती भएको विद्यालय स्रोतको दाबी छ । हुरीका कारण दुई कक्षाकोठा पूर्णरुपमा क्षती भएको बताइएको छ भने पुस्तकालयमा पनि क्षती भएको विद्यालयले बताएको छ । गत बैशाख १२ गते गएको महाविनासकारी भूकम्पका कारण क्षती व्यहोरेको विद्यालयले स्थानियहरुको सहयोग र श्रमदानमा नयाँ भवन बनाएता पनि त्यसमा समेत क्षती पुगेको विद्यालयले जनाएको छ ।
भूकम्पबाट प्रभावीत भएको उक्त विद्यालयको पूर्ननिर्माण कार्य सकिनै लाग्दा मंगलबार आएको हावाहुरीका कारण लाखौको नोक्सान भएको छ भने विद्यालय अब कसरी संचालन गर्ने भन्ने बारेमा विद्यालयलाई चिन्ता परेको छ । बर्षायाम पनि शुरु हुन लागेको अबस्था र हावाहुरीका कारण निर्माण सम्पन्न हुन लागेको भवनमा पारेको क्षतीका कारण अब कसरी कक्षा संचालन गर्ने भन्नेबारे विद्यालयलाई समस्या परेको छ ।
गत बर्ष भूकम्पका कारण पालको भरमा विद्यालय संचालन गरेको उक्त विद्यालयले यसबर्ष पनि पालमा नै कक्षा संचालन गर्न पर्ने हो की भन्नेमा चित्ता गरेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.