-->
पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

चितवन, जेठ १९ – मंगलबार रातिदेखि परेको पानीका कारण पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

६/७ ठाउँमा पहिरो खसेको र  रातिदेखि बिहान ६ बजेसम्म एकतर्फी गाडी चलेपनि त्यसपछि भने दुईतर्फी बाटो नै अबरुद्ध भएको त्यहाँ रहेका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुग्लिन बजारबाट नाराणघाटतर्फको १२ /१३ किलोमिटर परसम्मको बाटोमा ठाउँ ठाउँमा पहिरो खसेको छ । एक ठाउँमा हटाए पनि अर्को ठाउँमा फेरि पहिरो खसिरहेकाले बाटो खुलाउन कठिनाई भएको उहाँले बताउनुभयो ।

अहिले दुई वटा डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोका कारण यो सडकखण्डमा लामो जाम छ । बाटो खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.