-->
अप्रत्यासित हारले एथ्लेटिको मड्रिड उपाधि होडबाट बाहिर, अब बार्सिलोना र रियल मड्रिडको सम्भावना

वैशाख २७ – एथ्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि होडबाट बाहिरिएको छ । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा 
पुछारको क्लब लेभान्टेसँग अप्रत्यासित रुपमा २–१ ले पराजित भएर एथ्लेटिको मड्रिड उपाधि होडबाट बाहिरिएको हो । दोस्रो मिनेटमा नै फर्नान्डो टोरेसले गोल गर्दै एथ्लेटिको मड्रिडलाई सुरुवाती अग्रता दिलाए । 
तर एथ्लेटिको मड्रिडले यो अग्रता जोगाउन सकेन । ३० औं मिनेटमा कासाडेसुस कास्तानोले लेभान्टेका लागि बराबरी गोल फर्काए । 
पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा लेभान्टेका जुजापे रोसीले अन्तिममा गोल गर्दै जित दिलाए । हारपछि पछिल्लो समय शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गर्दै दोस्रो स्थानमा रहँदै आएको 
एथ्लेटिको मड्रिड तेस्रो स्थानमा झरेको छ । लिगको एक खेल बाँकी हुँदा एथ्लेटिको मड्रिड शीर्ष स्थानको बार्सिलोना भन्दा तीन तथा दोस्रो स्थानको रियल मड्रिड भन्दा दुई अंकले पछि छ । 
बार्सिलोनाको ८८, रियल मड्रिडको ८७ तथा एथ्लेटिको मड्रिडको ८५ अंक छ । यो सिजन अहिलेसम्म ८ खेलमा मात्रै जित निकालेको पुछारको लेभान्टेको ३२ अंक छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.